लाइटरको ज्वालामा राठीको तार राख्दा के भयो? इलेक्ट्रिसियनकै सहभागितामा परीक्षण
धनगढीः राठी केबलको फायर–एक्स जेडएचएफआर तारमा इलेक्ट्रिसियनहरूले लाइटर बालेर परीक्षण गरेका छन्। परीक्षणका क्रममा तारमा आगो नलागेको कम्पनीले जनाएको छ। राठी केबलले आफ्नो विशेष उत्पादन ‘फायर–एक्स जेडएचएफआर’ तारको अग्नि प्रतिरोधी विशेषता देखाउन इलेक्ट्रिसियनहरूकै सहभागितामा प्रत्यक्ष परीक्षण गरेको हो।
इलेक्ट्रिसियन भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूलाई आफैँ लाइटर बालेर तार परीक्षण गर्न लगाइएको थियो। परीक्षणका क्रममा तारमा आगो नलागेको देखेपछि इलेक्ट्रिसियनहरू अचम्मित भएका थिए।
राठी केबलका अनुसार ‘राठी फायर–एक्स जेडएचएफआर’ शून्य ह्यालोजनयुक्त सामग्रीबाट निर्मित विशेष प्रकारको तार हो। आगलागी हुँदा कम धुवाँ उत्पादन गर्ने र हानिकारक ह्यालोजनयुक्त ग्यासको उत्सर्जन घटाउने यसको विशेषता रहेको कम्पनीको दाबी छ।
कम्पनीले घर, व्यावसायिक भवन तथा अन्य संरचनामा विद्युतीय सुरक्षाको महत्त्वलाई ध्यानमा राख्दै उक्त तारको विशेषताबारे जानकारी दिन कार्यक्रम आयोजना गरेको जनाएको छ।