डोटीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते
डोटी: डोटीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ दिपायल स्थित सेती प्राविधिक शिक्षालय नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटनामा भएको हो । राजपुरबाट पूर्वीचौकी गाउँपालिका जाँदै गरेको से६प १३९८ नम्बरको मोटरसाइकल र दिपायलबाट शिखर नगरपालिका जाँदै गरेको से२प ९६०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार पूर्वीचौकी गाउँपालिका १ फुलोटका २९ वर्षीय जीतबहादुर खड्का, शिखर नगरपालिका १ मुडे गाउँका २१ वर्षीय भरत विक र धनगढी उपमहनगरपालिका १५ कनरीका ३४ वर्षीय शाहस चौधरी घाइते भएका छन् ।
घाइतेको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय दिपायलले जनाएको छ ।