सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बालकको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक २४, ०४:२५ खबर संवाददाता

धनगढी: कैलालीमा एक बालकको शव फेला परेको छ । जिल्लाको बर्दगोरिया वडा नम्बर ४ स्थित नौनियाँको काँडा नदी किनारमा उक्त शव फेला परेको प्रहरीले जानकारी दिएको छ । 

काँडा नदी भएर नौनियाँबाट बुटकौवा जाने पैदल बाटोको छेउमा अन्दाजी १४ वर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

स्थानीयहरू नदीमा नुहाउन जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको पहिचान नखुलेको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट लोड गर्नुस