धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु
धनगढी : धनगढीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ८४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
ती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा कडा खालको निमोनियाको समस्या देखिएको थियो ।
कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई सो दिन नै अस्पताल भर्ना गरिएको थियो ।