सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा आत्महत्या गर्नेको संख्या बढ्दै

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ कार्तिक २३, ०२:०१ खबर संवाददाता

बझाङ: बझाङमा आत्महत्या गर्ने संख्यामा बृद्धी भएको छ । असोज र कात्तिक महिनामा गरि २ महिनाको अवधीमा मात्रै बझाङमा १० जनाले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार असोजमा ५ जनाले झुण्डिएर र २ जनाले नदी खोलामा हाम फालेर आत्महत्या गरेका छन् भने कात्तिक महिनामा ३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै एक जनाले सेती नदीमा हाम फालेर आत्महत्या गरेको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी नायब निरिक्षक लोकेन्द्र सिंह कार्कीले धेरैजसोले घरायसी कारणले आत्महत्या गरेकाले अझैं घरेलु हिंसामा कमी नआएको बताए ।

उनका अनुसार बझाङका ग्रामिण भेगमा आत्महत्या गर्नेहरु धेरै रहेका छन् । त्यसमा पनि दलितहरुले बढी आत्महत्या गरिरहेको सूचना अधिकारी कार्कीले बताए ।
 

कमेन्ट लोड गर्नुस