सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना जितेर कैलालीका एसपी जबरा काममा फर्किए

२०७७ कार्तिक २३, १०:३६ खबर संवाददाता

धनगढीः कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा कारोना जितेर काममा फर्किएका छन् ।

गत असोज २० गते कोरोना संक्रमण पुष्टि भएका जबरा उपचारपछि संक्रमणमुक्त भई काममा फर्किएका हुन् ।

काठमाडौँमा प्रहरी अस्पतालमा उपचार गरेर गत कार्तिक ४ गते कोरोना जितेका जबरा कैलाली फर्किएर कार्यालयमा हाजिर भएका हुन् ।

 एसपी जबराले संक्रमण मुक्त भई केही दिनको आरामपछि नियमित काममा फर्किएको जानकारी दिए ।

उनले कोरोनासँगको लडाइका क्रममा सहानुभुती प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । 
  
 

कमेन्ट लोड गर्नुस