सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा नेपाल टेलिकमको सेवा आशिंक रुपमा प्रभावित

२०७७ कार्तिक २३, ०८:०० खबर संवाददाता

प्रताप ओली, बझाङ: बझाङमा आइतबार बिहानदेखि  नेपाल टेलिकमको सेवा आशिंक रुपमा प्रभावित भएको छ ।

केदारस्युँ गाउँपालिकाको केदार डाँडामा रहेको रिपिटर टावरमा समस्या आएपछि सेवा प्रभावित भएको नेपाल टेलिकम डडेल्धुराले जनाएको छ ।

फोरजी रुट श्रीवारस्थित जिल्लाबाट सिधै बान्तालेक हुनाले चलिरहेको र अन्य सेवाहरु सबै श्रीभावर, केदार हुँदै बान्तालेकसँग जोडिएकाले फोरजी बाहेक अन्य सेवा प्रभावित बनेका हुन् ।

केदारको टावरमा केहि दिनदेखि फोरजी सेवा दिने काम भइरहेको र विद्युत सञ्चय कम हुँदा सेवामा अवरोध आएको हुनसक्ने सुदूरका पहाडी जिल्ला हेर्दै आएको नेपाल टेलिकम डडेल्धुरा शाखाका प्रमुख प्रकाशराज भट्टले बताए ।

केदारको टावर हेर्दै आएका व्यक्तिलाई सम्पर्क ल्याउन प्रयास भइरहेको टेलिकमले जनाएको छ ।

केदारको टावरमा समस्या उत्पन्न हुँदा वित्थडचिरको देउलेख र बुंगल नगरपालिकाबाहेकका सबै ठाउमा टु जी र फोन सेवा प्रभावित बनेको छ ।
 

कमेन्ट लोड गर्नुस