थप २७५३ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक २२, ०४:५६
धनगढी : नेपालमा २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।
आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्।
आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्।
कमेन्ट लोड गर्नुस