सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप दुई हजार ९०९ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २१, ०७:५१ रासस

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । थप १० हजार १५३ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५२ हजार ९०८ जना कोरोना मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल देशभर ३४ हजार ९०५ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यसैबीच काठमाडौँ उत्यकामा थप एक हजार ३३८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ३०, ललितपुरका १८७ तथा भक्तपुरका १२१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।     

कमेन्ट लोड गर्नुस