डडेल्धुराका पत्रकार बोहरालाई ज्यान मार्ने धम्की दिने ऐर पक्राउ
धनगढी : डडेल्धुराका क्रियाशिल पत्रकार ललित बोहरालाई ज्यान मार्ने धम्की दिने रेडक्रस सोसाइटीको ब्लड बैंकका इन्चार्ज गणेश ऐर पक्राउ परेका छन् । पत्रकार बोहराले प्रहरी कार्यालयमा उजुरी दिएपछि ऐरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका कार्यसमिति सदस्य तथा रेडियो युनिटी, जनता टिभी, नेपाल लाईभमा संवाददाता र इन्फोखबर अनलाईनका प्रकाशक रहेका पत्रकार बोहरालाई समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको हो ।
उनले ‘ब्लड बैँक डडेल्धुराको चरम लापरवाही, रक्त दान गर्न ८ घण्टासम्म भेटीएन् कर्मचारी’ भने शिर्षकको समाचार लेखेका थिए ।
समाचार मिडियामा आएपछि उनलाई मंगलबार राति ९ बजे ब्लड बैंकका इन्र्चाज ऐरले तिमी समाचार लेख्ने को हो ? तिमीलाई म कोठामा थुनेर बन्द गरेर मार्ने फोनमार्फत धम्की दिएका थिए ।