सुदूर नेपाललाई विश्वसँग जोड्दै

पदयात्रा पर्यटन प्रवद्र्धनमा काम गर्छौँ’

२०७७ कार्तिक २०, ०४:४६ रासस

पोखरा : ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औ साधारण सभाबाट निर्वाचित अध्यक्ष सुशीलराज पौडेलले पदयात्रा पर्यटनको विकास र प्रवद्र्धनमा लागि पर्ने बताएका छन् । 

उनले कोरोनाको विषम परिस्थितिले पर्यटन क्षेत्र धरासयी भएको उल्लेख गर्दै कोरोना कहरकाबीच सुरक्षा रणनीति अबलम्बन गरेर पर्यटनमा नयाँ सोच खोजको विकास जरुरी रहेको धारणा राखे । उनले अर्बौको लगानी रहेको पर्यटन क्षेत्रबाट व्यवसायीलाई पलायन हुन नदिन र पर्यटनमा आश्रित मजदुरहरुको जीविकोपार्जननै अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे । 

नवनिर्वाचित पौडेलले अदुरदर्शी, अवैज्ञानिक विकासले नेपालमा प्रसिद्ध पदमार्ग विस्थापित हुँदै गएकाले पदमार्गको संरक्षण र नयाँ पदमार्गको खोजीका लागि नयाँ नेतृत्व सक्रिय रहने भनाइ थियो । सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्णराज आचार्य विजयी भएका छन् । त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित भएका छन् । 

सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित भएका छन् । दुई सदस्य भने पछि मनोनित गरिने नवनिर्वाचित सचिव तिवारीले जानकारी दिए । 

राससकर्मी शर्मा सम्मानित

सो अवसरमा टानले पर्वतीय एवम् पदयात्रा पर्यटनको विकासमा पत्रकारिता मार्फत योगदान पु¥याएको जनाउँदै राससकर्मी जमुनावर्षा शर्मालाई नगद १० पुरस्कार राशीसहित सम्मान गरिएको थियो ।

उनलाई गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए । संस्थाले पत्रकार महासंघ गण्डकी प्रदेशको भवन निर्माण सहयोगार्थ ५० हजार प्रदान गरेको थियो । 

टानले संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने साथै हिमपहिरोमा परेकाको उद्धारमा खटिने सदस्य सहित दर्जन बढीलाई सो कार्यक्रममा प्रशंसा पत्र सहित सम्मान गरेको थियो ।
 

कमेन्ट लोड गर्नुस