बैतडी समाज कैलालीको भेलाद्धारा तर्दथ समितिलाई अनुमोदन, अध्यक्षमा व्यवसायी भट्ट
बैतडी समाज कैलालीको धनगढीमा सम्पन्न प्रथम भेलाले तर्दथ समितिलाई अनुमोदन गर्दै कार्य समिति अध्यक्षमा हार्डवयर तथा पर्यटन व्यवसायी मायाप्रकाश भट्टलाई चयन गरेको छ । शनिबार निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा सम्पन्न भएको भेलाले तर्दथ समितिलाई अनुमोदन गर्दै भट्टको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गजेन्द्रविर चन्द, कोषाध्यक्षमा लोकराज भट्ट र सचिवमा हर्क बहादुर चन्दलाई चयन गरेको छ । यस्तै समितिको सदस्यमा केशव पाण्डे, योगेन्द्र बहादुर चन्द, जयसिह ठगुन्ना, लिलाधर शर्मा, पुष्करराज भाट, वासुदेव कलौनी, भीम बहादुर चन्द, केशव चन्द र नवराज विष्ट चयन भएका छन् । संस्थाको विधान अनुसार १७ सदस्यीय समिति गठन गर्नुपर्ने भएपनि अहिले तर्दथ समितिकै पदाधिकारी र सदस्यलाई निरन्तरता दिइएको र समितिले केही दिनमै ४ जना सदस्य मनोनयन गर्ने बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।
यसअघि शनिबार बिहान धनगढी चौराहबाट बाजागाजा सहितको ¥याली निकालिएको थियो भने निर्माण व्यवसायी संघको हलमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट रहेकी थिईन् । कार्यक्रममा बोल्दै मन्त्री भट्टले धार्मिक पर्यटकिय दृष्टिकोणले बैतडी महत्वपूर्ण भएको भन्दै संरक्षण अभावले ओझेलमा परेको बताईन् । उनले पर्यटकिय सम्पदाको संरक्षणमा अब बैतडीबासीले एक भएर लाग्नुपर्ने सुझाव मन्त्री भट्टको थियो ।
संस्कृति बचाउन बैतडीबासीले कैलालीबाट थालिएको अभियानको समेत उनले प्रशंसा गरिन् । यस्तै बैतडी क्षेत्र नम्बर क बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्टले पछिल्लो समय स्थानीय भाषा बोल्न हिचकिचाउने बानीको विकास हुदै गएकाले संस्कृति लोप हुने खतरामा पुगेकोतर्फ सचेत गराएका छन् । संस्कृतिको संरक्षण एव्म सम्बद्र्धनका लागि सबै एक भएर लाग्नुपर्ने उनको तर्क छ ।