सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पैदल यात्रीलाई ठक्कर दिदा साईकल चालक घाईते

२०७७ कार्तिक १९, ०८:४२ खबर संवाददाता

धनगढीः धनगढीमा बुधबार साझ साईकलले पैदल यात्रीलाई ठक्कर दिदा एक जना घाईते भएकी छिन् ।

साईकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका गौडीकी १६ वर्षीया जनकी चौधरी घाईते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले पैदल यात्री बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर १ का ५३ वर्षीय चन्द्रराम लुहारलाई ठक्क दिएकी हुन् ।

चौधरीको मायाँ मेट्रो अस्पतालमा उपचार हुँदै छ । उनको कानबाट रतग आउदै छ । थप उपचारका लागि अन्य अस्पताल लैजान भनिएको छ । तर उनका आफन्त अझै सम्पर्कमा नआएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षण प्रतिक विष्टले जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस