सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा घर भत्किदा एक महिलाको मृत्यु

दर्जनौ बस्ति पहिरोको जोखिममा

२०७५ भदौ २, १०:३०

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्वर १ मल्लाकुणीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ । घर भत्किएर च्यापिदा ४५ बर्षिया कला परीको मृत्यु भएको हो । शुक्रबार राति परेको बर्षाले नन्दे परिको घर भत्कीएर कलाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । सोही वडाको साउदवडाका पनि ३ वटा घर भत्केको तर मानवीय क्षती नभएको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । यस्तै अन्य ठाउँमा पनि पहिरोले घरमा क्षति भएको र दर्जनौ बस्ती पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । लगातारको बर्षाका कारण साँफे मार्तडीमा सडक पनि पुर्ण रूपमा अवरुद्ध भएको छ । 
 

कमेन्ट लोड गर्नुस