जुवातास मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ
२०८३ भदौ १९, ०७:४७
दार्चुलाः जुवातास मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत दार्चुलाको मिति २०८३ वैशाख २३ गतेको फैसलाले जुवातास मुद्दामा २७ दिन कैद सजाय र दुई सय जरिवाना तोकिएको महाकाली नगरपालिका–४ बस्ने २९ वर्षीय अशोक सिंह कुवर पक्राउ परेका हुन्। कुवरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पक्राउ गरेको छ।
कमेन्ट लोड गर्नुस