सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ युवा नयाँ सोचद्वारा डडेल्धुरामा मास्क वितरण

२०७७ कार्तिक १६, ०७:५६ खबर संवाददाता

डडेल्धुरा: नयाँ युवा नयाँ सोचले डडेल्धुरा सदरमुकाममा मास्क वितरण गरेको छ । नेपाल प्रहरीको सहकार्यमा नयाँ युवा नयाँ सोच नामक संगठनले जनचेतनामुलक र्‍याली समेत निकालेको थियो । 

सदरमुकामको तुफानडाँडादेखि बागबजारसम्म निकालिएको र्‍यालीसँगै सर्वसाधारणलाई मास्क समेत वितरण गरेको अध्यक्ष नरेश देउवाले बताए ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहज होस् भन्ने उदेश्यका साथ मास्क वितरण गरिएको उनले बताए । 

कमेन्ट लोड गर्नुस