सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपडेटः कैलालीमा भएको जीप दुर्घटनामा १५ जना घाइते, एक गम्भिर(नामसहित)

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक १६, ०६:२८ खबर संवाददाता

धनगढी: कैलालीमा भएको जीप दुर्घटनामा परी १५ जना घाइते भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ४ को बाजपानीमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बाजपानीको  डोकेबजारबाट कोलडीतर्फ जार्दै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जीप दुर्घटना हुँदा १५ जना घाइते भएको बताए । दुर्घटनामा परी घाइते भएका मोहन्याल गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय कविराज भण्डारीको अवस्था गम्भीर रहेको  उनले बताए । 

यस्तै कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय खडक रावल, मोहन्याल गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीया भागादेवी बोहोरा, १० वर्षीया दीपा बोहोरा, मोहन्याल गाउँपालिका वडा नम्बर २ का ५७ वर्षीय चक्र शाही, सोही ठाउँकी ४७ वर्षीय मोहनकुमार उपाध्याय,  मोहन्याल गाउँपालिका ४ बस्ने ३५ वर्षीय बसन्ती भण्डारी, धनगढी उपमहानगरपालिका ४ बस्ने ५७ वर्षीय तपेन्द्र पाण्डे र घोडाघोडी नगरपालिका वडा नम्बर ८ का ७६ वर्षीय बिरबहादुर बुढाको अवस्था मध्यम रहेको ट्राफिक प्रहरी उपरीक्षक गौतमले बताए । 

यस्तै घोडाघोडी नगरपालिका ५ बस्ने यमबहादुर हमाल, बर्दगोरिया गाउँपालिका ४ बस्ने १५ वर्षीय खग्रेन्द्र जोशी, सुर्खेतको चौकुने गाउँपालिका १ बस्ने १९ वर्षीया राधिका रानामगर र उनकी छोरी २ वर्षीया निसानी रानामगर, सोही ठाउँका ६२ वर्षीया केवलसिह ठकुरी र धनगढी उपमहानगरपालिका ४ बस्ने सावित्र पाण्डे सामान्य घाइते भएका छन् । 

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर दुर्घटना भएको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।  

दुर्घटनापछि चालकलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रण लिएको प्रहरीले जनाएको  छ । 
 

कमेन्ट लोड गर्नुस