सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैँडाको मृत्यु

२०७७ कार्तिक १६, ०५:५३ रासस

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । 

निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग र खुर सुरक्षित रहेका छन् ।

निकुञ्जमा यस आर्थिक वर्ष सुरु भएयता प्राकृतिक कारणले योसहित नौवटा गैँडा मरेका छन् । तस्करको गोलीबाट एउटा गैँडा मरेको भए पनि खाग र खुर भने सुरक्षित भेटिएको थियो । गत वर्ष प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । 

प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि निकुञ्जले अध्ययन गर्न समितिसमेत बनाएर काम अघि बढेको छ ।

कमेन्ट लोड गर्नुस