सुदूर नेपाललाई विश्वसँग जोड्दै

कब्रिस्तान सेनिटाइज

२०७७ कार्तिक १४, १२:२४ खबर संवाददाता

धनगढी : कोरोना भाइरस संक्रमणबाट मुत्यु भएकी महिलाको शव गाडिएको धनगढी उपमहानगपालिकास्थित कब्रिस्तानमा सेनिटाइज गरिएको छ ।

स्थानीयको चर्को विरोधपछि आज विहान उपमहानगरपालिकाले सो क्षेत्रमा सेनिटाइज गरेको हो ।

संक्रमित महिलाको शव कब्रिस्तानमा गाड्न नपाइने र सो शव गाडिएको स्थानबाट निकालिनुपर्ने माग राख्दैै स्थानीयले चर्को विरोध जनाएका थिए भने कब्रिस्तानमा लगाइएको तालाबन्दी अझैँ कायमे रहेको छ । 

कमेन्ट लोड गर्नुस