सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु भएकी धनगढीकी महिलालाई कब्रिस्तानमा गाडेपछि स्थानीयको विरोध

२०७७ कार्तिक १३, १२:३७ खबर संवाददाता

धनगढी : कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलालाई धनगढी नगरपालिकास्थित कब्रिस्तानमा गाडिएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएको थियो । शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रिस्तानमा शव गाडेका हुन् ।

तर मानववस्ती संगै रहेको कब्रिस्तानमा कोरोना संक्रमितलाई गाडेको भन्दै स्थानीयले विरोधमा उत्रिएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मानववस्ती भन्दा अलग्गै रहेकाे स्थानमा गर्दै आएको थियो ।

कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले स्थान अभावले कब्रिस्तानमा गाडिएको बताए । उनले भने,‘कोरोनाबाट मृत्यु भएकालाई जहाँ व्यवस्थापन गर्न जान्छौ, त्यहै विरोध हुन्छ । समुदायिक वनले, स्थानीय विरोधै विरोध गरिरहेका छन् । स्थानको अभाव भयो । मुस्लिम समुदायले कब्रिस्तानमा गाड्छौ भनेपछि व्यवस्थापन गरिएको हो । विरोध गर्नुकाे औचित्य देखेन ।’

धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको विहिबार विहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको बिहान साढे ५ बजे मृत्यु भएको जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस