सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिमको संयोजकमा भट्ट

२०७७ कार्तिक ७, १२:४५ खबर संवाददाता

धनगढीः अन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिमको संयोजकमा पर्यटन व्यवसायी मायाप्रकाश भट्टलाई चयन गरिएको छ ।

नाटा सुदूरपश्चिमका संयोजक समेत रहेका भट्टलाई संयोजक र पर्यटन व्यवसायी प्रमानन्द भण्डारीलाई उप–संयोजक तोकिएको हो । ९ जिल्लाबाट सदस्यहरु चयन गर्न नेपाल पर्यटन बोर्डले निर्देशन दिएको भट्टले बताए । 
उनका अनुसार कोरोना संक्रमणको त्रासपछि गरिएको लकडाउन र निषेधाज्ञाले पारेको प्रभावबाट पर्यटन व्यवसायीलाई माथि उठाउन समितिले पहल गर्ने छ । 

सुदूरपश्चिममा आएका आन्तरिक पर्यटकहरुलाई घुम्नमा समेत सहजीकरण गर्ने जनाइएको छ । अन्तराष्ट्रिय सीमा नाका बन्द रहेकाले भारत लगायतका देशबाट पर्यटक आउने अवस्था नभएको तर आन्तरिक पर्यटकहरुलाई कोरोनाको संक्रमणबाट सुरक्षित हुँदै घुम्नमा सहयोग गर्ने भट्टले बताए । उनले पर्यटन व्यवसायी संग कोरोनाको प्रभावका बारेमा समेत छलफल हुने बताए ।

 

कमेन्ट लोड गर्नुस