सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गाउँपालिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा २ जना पक्राउ

२०७७ कार्तिक ३, १२:२८ खबर संवाददाता

धनगढी: बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ५ का स्थानीय अर्जुन मडै र भरत मडै रहेका छन्। 

दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धानका गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन्।

असोज २८ गते साझ गाउँपालिकाको केन्द्रको विषयमा भएको विवादमा गाउँपालिका अध्यक्ष विष्ट लगायत १४ जनामाथि आक्रमण भएको थियो। झडपमा परी अध्यक्ष बिष्टसहित ५ जना प्रहरी, ६ जना संघर्षरत पक्ष, ३ जना अध्यक्षसँग रहेका व्यक्ति गरेर १४ जना घाइते भएका थिए। 

बैतडीमा रक्तपात: किन भयो गाउँपालिका अध्यक्षसहितका १४ जनामाथि आक्रमण ?
बैतडीको सुर्नयाका अध्यक्ष बिष्टमाथि कुटपिट निन्दनीय : कांग्रेस
बैतडीमा कुटपिटमा परेका गाउँपालिका अध्यक्ष धनगढी रेफर
बैतडीमा गाउँपालिका अध्यक्ष माथि कुटपिट, ५ प्रहरी सहित ११ जना घाइते

कमेन्ट लोड गर्नुस