धनगढीको ६ लेन सडकमा पार्किङ गरिएका ट्याङकर हटाउन व्यवसायीकोे माग
धनगढी: धनगढीको ६ लेन सडकमा पार्किङ गरिएका ट्याङकरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल ती ट्याङकरका हटाउन कैलाली उद्योग वाणिज्य संघले अनुरोध गरेको छ।
उक्त विषयमा बिहिबार नेपाल आयल निगम धनगढीका प्रमुख, ट्राफिक कार्यालय कैलालीका प्रमुख, विभिन्न वडाका अध्यक्ष तथा व्यवसायीहरुसँग छलफल गरिएको छ।
छलफलमा आयल निगमले पार्किङका लागि भाडामा लिएको जग्गामा आएको अवरोधलाई वडा नम्बर ३ का अध्यक्षको नेतृत्वले समाधान गर्ने सहमति भएको उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले बताए। साथै उक्त विषयमा छिट्टै पहल हुने सहमति समेत भएको उनले बताए।