सुदूरपश्चिमका थप १४ जनामा कोरोना पुष्टि
२०७७ असोज २७, ०२:४०
धनगढीः सुदूरपश्चिमका थप १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
डोटी जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो।
प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डेटीको आर्दश गाउँपालिकाका १२ जना, सायल गाउँपालिकाका एक र केआइसीह गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
डोटी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६२ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको थियो।
कमेन्ट लोड गर्नुस