“भोलि धनगढीमा लागुऔषध विरुद्ध म्याराथन दौड आयोजना हुदै
लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले भोलि धनगढीमा “रन फर ड्रग्स फ्री सोसाइटी” नारासहित म्याराथन दौड आयोजना हुँदैछ।
धनगढी:लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले भोलि धनगढीमा “रन फर ड्रग्स फ्री सोसाइटी” नारासहित म्याराथन दौड आयोजना हुँदैछ।
जेसिज धनगढी (JCI Dhangadhi) द्वारा आयोजना हुन लागेको उक्त कार्यक्रम २०८३ साल बैशाख १८ गते बिहान ६:०० बजे सुरु हुनेछ। दौड धनगढी रंगशालाबाट प्रारम्भ हुने आयोजकले जनाएको छ।
कार्यक्रम जेसिज हाफ म्याराथनको १२औँ संस्करणका रूपमा सञ्चालन हुन लागेको हो। प्रतियोगितामा विभिन्न उमेर समूहका धावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम संयोजक दीपेश बोहराले बताएअनुसार म्याराथनको मुख्य उद्देश्य समाजमा बढ्दो लागुऔषध प्रयोगलाई न्यूनीकरण गर्दै युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नु हो। साथै, यसले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
दौडको रुट करिब २१.१ किलोमिटर तय गरिएको छ भने कार्यक्रम समापन तथा पुरस्कार वितरण धनगढी रंगशाला परिसरमै हुनेछ।
फाराम पाइने स्थान:
धनगढी रंगशाला परिसर
सम्पर्क:
दीपेश बोहरा (कार्यक्रम संयोजक)
९८६२५२५९७५
आयोजकले सबै खेलप्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन आह्वान गरेका छन्।