सेती प्रादेशिक अस्पतालको क्यान्टिनद्धारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग
धनगढीः सेती प्रादेशिक अस्पतालको चमेना गृह (क्यान्टिन) ले ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
अस्पतालको क्यान्टिनले कोरोना महामारीका बेला समेत जोखिम मोलेर अहोरात्र सेवामा खटिएका प्रहरी कर्मचारीको सहयोगार्थ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जनाएको छ।
क्यापिन्टनका सञ्चालक भरत साउँदले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ सय थान मास्क, एक लिटर सेनिटाईजर, ४८ वटा साबुन, ग्लोब्स, ७ पेटी पानी सहयोग गरिएको जानकारी दिए।
ती सामाग्री जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिरेन्द्रबहादुर बोहोरालाई हस्तान्तरण गरिएको उनले बताए।