सुदूरफुड इन्ड्रस्टिजका संचालक अग्रवालद्वारा मानव सेवा आश्रमलाई सहयोग
धनगढी : धनगढीमा रहेको मानव सेवा आश्रमलाई सुदूरफुड इन्ड्रस्टिजका संचालक राजेन्द्र अग्रवालले सहयोग गरेका छन्। असाहयहरुलाई आश्रय दिइरहेको आश्रमलाई अग्रवालले खानाका लागि ५ हजार एक सय र ५ दिनका लागि खाजा स्वरुप २ सय २५ पिस बिस्कुट सहयोग गरेका हुन।
शनिबार संचालक राजेन्द्रका साथमा उनकी पत्नी सविता अग्रवाल र छोरा पियुष अग्रवाल आश्रममै आएर सहयोग हस्तान्तरण गरेको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए।