सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा बगेर पुरुष बेपत्ता

२०७७ असोज २३, १२:१६ खबर संवाददाता

धनगढी: महाकाली नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन्। दार्चुलाको महाकाली नगरपालिका–८ सुरकाडाँका अन्दाजी २६ वर्षीय पुड्के लुहार पौडी खेल्ने क्रममा बिहिबार महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

नदीमा बेपत्ता भएको खबर पाउना साथ प्रहरी टोली खटिएको सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दले बताए।

कमेन्ट लोड गर्नुस