सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश सोपद्धारा मानव सेवा आश्रमलाई सरसफाईका सामाग्री सहयोग

२०७७ असोज २२, ०४:४४

धनगढीः दिनेश सोप एण्ड हाउस होल्ड प्रालीले धनगढीको मानव सेवा आश्रमलाई सरसफाई सामाग्री सहयोग गरेको छ।

दिनेश सोप एण्ड हाउस होल्डका सञ्चालक आदित्य हमालले आश्रममै पुगेर सरसफाईका सामाग्री प्रदान गरेको मानव सेवा आश्रमले जनाएको छ। हमालले एक बोरा डिटरजेन्ट पाउडर, दुई पेटी भाँडा धुने साबुन, एक पेटी लुगा धुने साबुन सहयोग स्वरुप प्रदान गरेका हुन्।

आश्रममा आश्रित सडक मानवहरुको व्यक्तिगत सरसफाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले सरसफाईका सामाग्री हस्तान्तरण गरिएको दिनेश सोपले जनाएको छ।

कमेन्ट लोड गर्नुस