सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सशस्त्र प्रहरीद्धारा डेढ लाखको अवैध माछाका भुरा बरामद

२०७७ असोज २२, १२:५७ खबर संवाददाता

धनगढीः सशस्त्र प्रहरीले धनगढीबाट डेढ लाख बराबरको अवैध माछाका भुरा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली क्षेत्रबाट भारतबाट ल्याउँदै गरेका अवैध माछाका भुरा बरामद गरिएको जनाएको छ।

एक लाख ५० हजार मूल्य पर्ने २५ हजार माछाका भुरा बरामद गरेर नष्ट गरिएको छ।

पत्रकार, पशु स्वास्थ्य प्राविधिक, क्वारेन्टाईन चेक पोष्ट धनगढी, पोल्ट्री, माछा मासु, कुखुरा तथा अण्डा उत्पादक किसान संघका प्रतिनिधि र नेपाल ह्याचरी व्यवसायी संघको रहोबरमा बरामद गरिएका भुरा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस