सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको ठुलासैनमा प्रहरी पोष्ट स्थापना

२०७७ असोज १९, ०२:३६ खबर संवाददाता

अछाम: अछामको ठुलासैनमा प्रहरी पोष्ट स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा प्रहरी पोष्टको स्थापना गरिएको हो। 

सोमबार प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, जिल्ला प्रहरी कार्यालय अछामका प्रमख प्रहरी नायव उपरिक्षण योगेन्द्र सिँह थापा, वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढुंगाना लगायतको सहभागितामा पोष्ट स्थापना गरिएको हो। 

सामुदायीक सिकाई केन्द्रको भवनमा अस्थाई प्रहरी पोष्ट स्थापना गर्दै ठुलासैनमा काम सुरु गरिएको अछाम प्रहरीले जानकारी दिएको छ। 
 

कमेन्ट लोड गर्नुस