सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शनिबार संक्रमण पुष्टि भएका ३२ जना कुन वडाका कति?

२०७७ असोज १८, ०७:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शनिबार थप ३२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शनिबार वडा नम्बर ४ का सबैभन्दा धेरै ७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ४ जना, वडा नम्बर ६ र ७ का तीन/तीन जना, वडा नम्बर ३ का दुई जना र वडा नम्बर १२ का १ जना रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।

यो सँगै धनगढीमा कोरोना संक्रमितको संख्या सात सय ६८ पुगेको छ। उनीहरु मध्ये पाँच सय ३७ जना संक्रमण मुक्त भएका छन् भने दुई सय २८ जना सक्रिय संक्रमित रहेको उप–महानगरपालिकाले जनाएको छ।

तीन जनाको भने कोरोनाकै कारण मृत्यु भएको छ।  
 

कमेन्ट लोड गर्नुस