सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आरोहण युवा समाज गठन, अध्यक्षमा शाही

२०७७ असोज १७, ०६:३२ खबर संवाददाता

धनगढी: धनगढीमा आरोहण युवा समाज नामक क्लब गठन भएको छ। उप–महानगरपालिकाको वडा नम्बर ६ वासीहरुको भेलाले क्लब गठन गरेको हो। 

भेलाले अध्यक्षमा धिरेन्द्र शाहीलाई चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा नरबहादुर नेगी, सचिवमा कलेन्द्र शाही र कोषाध्यक्षमा ताराबहादुर बलायर चयन भएका छन्। 

यस्तै सदस्यहरुमा शुरेन्द्र भण्डारी, हेमराज जोशी, केशब जोशी, कृष्णबहादुर टमटा, भक्तराज जोशी, यज्ञराज शर्मा र प्रबिन उपाध्याय चयन भएका छन्।

भेलाले सल्लाहकार समिति समेत चयन गरेको छ। जसमा शिद्धराज जोशी, डण्डी सुबेदी, राजेन्द्र शाही, गणेश भट्ट, दिनेश भट्ट, धनपती उपाध्याय, गगन सिंह ऐर र  प्रकाश शर्मा रहेका छन्। 

कमेन्ट लोड गर्नुस