सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाका भएर भारत पठाईदिने भन्दै ठगी, धनगढीका तीन जना पक्राउ

२०७७ असोज १४, ०९:२१ खबर संवाददाता

धनगढीः धनगढीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारत जाने नेपालीको नक्कली काग्जातहरु तयार पारेको अभियोगमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर ४ का मानबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

भारत जाने नेपालीहरुको नक्कली कागजात तयार पारेको सूचनाका आधारमा प्रहरीले मंगलबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई सार्बजनिक हित बिरुद्दको कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस