बाजुरामा जीपबाट खसेर एक जना घाइते
२०७७ असोज १४, ०४:१५
बाजुरा: बाजुरामा जीपबाट खसेर एक जना घाइते भएका छन्। जिल्ला सदरमुकामा मार्तडीबाट तिपाडातिर जादै गरेको जीपबाट खसेर त्रिबेणी नगरपालिका– ५ तोलीका ३५ वर्षीय करे बुढा घाइते भएका हुन।
बढीमालिका नगरपालिकाको रापक नजिकै से१प ११४७ नम्बरको जीपबाट खसेर बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताए।
कमेन्ट लोड गर्नुस