सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १२, ०४:४१ खबर संवाददाता

धनगढी : नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। 

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।  

कमेन्ट लोड गर्नुस