दारी ग्याङद्वारा सम्झना कामीका हत्यारालाई कारवाहीको माग
धनगढी: दारी ग्याङ धनगढीले बझाङको मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको हत्यारालाई कारवाहीको माग गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै ग्याङले बालिकाका हत्यारालाई कारवाही गर्दै त्यस्ता किसिमका अपराध सम्बन्धी थप सशक्त कानुन निमार्ण गर्नुपर्ने जनाएको हाे।
बुधबार १२ वर्षीया बालिका सम्झना कामी मृत फेला परेकी थिइन। बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीका अबेरसम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको शव फेला परेको थियो।
मृतक बालिकाको शरीरभरी निलडाम थियो भने उनी नग्न अवस्थामा शव फेला परेक थिइन।
बालिकाका बुबाआमा रोजगारीका लागि भारतमा छन्। उनी हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन।