धनगढीमा संक्रमितको संख्या ५३५ पुग्यो, ८२ जना संक्रिय संक्रमित, ५१ जना घरमै
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या पाँच सय ३५ पुगेको छ। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शुक्रवार सम्म उप–महानगर क्षेत्रका पाँच सय ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
एक सय ८६ महिला र तीन सय ४९ पुरुष गरी पाँच सय ३५ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।
उनका अनुसार उप–महानगर क्षेत्रका एक सय ६१ महिला र दुई सय ९० पुरुष गरी चार सय ५१ जनाले कोरोना जितिसकेका छन्। २३ महिला र ५९ पुरुष गरी ८२ जना संक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।
८२ जना संक्रिय संक्रमित मध्ये १७ महिला र १६ पुरुष गरी ३३ जना मात्रै अस्पताल र आईसोलेसन केन्द्रमा उपचाररत रहेको स्वास्थ्य शाखालेस जनाएको छ। बाँकी ५१ जना संक्रमित भने आफ्नै घरमा छन्।
संक्रमण पुष्टि भएका झण्डै ७० प्रतिशतको ट्राभल हिस्ट्री भेटिएको छैन्। उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।