सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका पाँच सहित थप ७ जनामा कोरोना पुष्टि

२०७७ असोज ९, ०२:३४ खबर संवाददाता

धनगढीः कैलालीका पाँच सहित थप ७ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एक÷एक जना गरी थप ७ जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा तीन सय २७ जनाको कोरोना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ६ र १० का एक/एक जना, गोदावरी नगरपालिका वडा नम्बर ११, टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का १ जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस