सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मानव अधिकार रक्षक सञ्जाल गठन

२०७७ असोज ८, ०५:४६ रासस

बझाङ: बझाङ जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुको सहभागितामा जिल्लामा एक मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ।  अधिकारकर्मीको औपचारिक बैठक बसी आज दलित अधिकारकर्मी भीम रसाइलीको संयोजगत्वमा ११ सदस्य समिति गठन भएको छ। 

समितिका अन्य सदस्यमा गीता शाही, सीता सिंह, टेकेन्द्र बोहोरा, आशिष सिंह, अधिवक्ता शिवराज जोशी रहेका छन्। साथै समितिमा पत्रकार रिदम सिंह, अञ्जु खड्का, सत्यराज सिंह, प्रताप आलीसहित इन्सेक प्रतिनिधि रमेश केसी पनि रहेका छन्। 

सञ्जालको सल्लाहकार समितिमा पत्रकार वसन्तप्रताप सिंह, जगदीश रोकायासहित नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंह, अधिवक्ता बार एसोसियसनका अध्यक्ष महोन दौल्याल र दलित अगुवा श्याम सुनार पनि सल्लाहकार समितिमा रहेको संयोजक रसाइलीले बताए। 

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका श्याम सुनारले बझाङ जिल्लामा मात्रै नभएर १२ वटै स्थानीय तहमा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुपर्ने र मानव अधिकारका क्षेत्रमा सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए।

पत्रकार महासङ्घ जिल्ला अध्यक्ष रोकायाले मानव अधिकार हनन् भइरहँदा पनि व्यक्तिहरुले मानव अधिकारका लागि त्यति आवाजहरु नउठाउने गरेको र आगामी दिनमा आ–आफ्नो क्षेत्रबाट पैरवी गर्नुपर्ने बताए।

कमेन्ट लोड गर्नुस