कैलाली मालपोतका कर्मचारीमा कोरोना पुष्टि, कार्यालयका सम्पूर्ण सेवा बन्द
धनगढी– भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालय प्रमुख सुरेन्द्र केसीले दिएको जानकारी अनुसार कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत केसीले बताए।
९ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको केसीले दिनेश खवरलाई बताए। कार्यालयका अन्य कर्मचारीको पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उनले बताए।