अछाममा बालक मृत भेटिए, हत्या आशंकामा एकजना पक्राउ
धनगढीः अछाममा ८ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन्।
जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर ९ को बुढाकोटमा ८ वर्षीय बालक विक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक योगेन्द्रसिह थापाले टाउकोमा चोट लागेको अवस्थामा विक मृत भेटिएको जानकारी दिए।
उनले बालकको हत्या आशंकामा एकजनालाई पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी ४० वर्षीय गणेश सुनार रहेका छन्।
उनलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।