संविधान दिवसको अवसरमा डडेल्धुराको अजयमेरुमा रक्तदान कार्यक्रम
धनगढी: संविधान दिवसको अवसरमा डडेल्धुराको अजयमेरु गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कोरोना संक्रमणका बेला रगत अभाव हुन नदिने उदेश्यका साथ गाउँपालिकमै उक्त कार्यक्रम आयोजना भएको हो।
रक्तदान कार्यक्रमबाट १२ पिन्ट रगत संकलन भएको ब्लड बैंक डडेल्धुराका प्रमुख गणेश ऐरले जानकारी दिए। उनले रक्तदानको कार्यक्रम राखेर सहयोग गरेकोमा गाउँपालिका परिवारप्रति आभार प्रकट गरेका छन्।