सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका १४ जना कैदी संविधान दिवसका अवसरमा जेलमुक्त

२०७७ असोज ३, ११:०१ खबर संवाददाता

धनगढीः संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाह भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा दफा १५९ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १४ जनाको कैद र जरिवाना समेत माफी पाएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले डडेल्धुराका पाँच जना, कैलालीका तीन जना, बाजुराका तीन जना, बझाङ, दार्चुला र कञ्चनपुरका एक/एक जनाको कैद माफी भएको दिनेश खबरलाई जानकारी दिए।

बाजुरामा कर्तव्य ज्यान मुद्दाका दुई जना र ज्यान मार्ने उद्योगका एक जना, कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना र सवारी ज्यान मुद्दा दुई जना, बझाङमा कर्तव्य ज्यान मुद्दाका एकजना, दार्चुलामा पनि कर्तव्य ज्यान मुद्दाका एक जना र कञ्चपुरमा समेत कर्तव्य ज्यान मुद्दाकै एक जना रहेको वरिष्ठ प्रहरी नायब उपरिक्षक सिहले बताए।

कैद माफी भएका उनीहरु सबै जना आजै जेलमुक्त हुने प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस