सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको पोखरामा निःशुल्क रगत समुह परीक्षण कार्यक्रम

२०७७ असोज १, ०६:२९ खबर संवाददाता

धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा निःशुल्क रगत समुह परीक्षण कार्यक्रम सम्पन्न भएको छ। हातेमालो समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सम्पन्न भएको कार्यक्रममा १५० जनाले रगत समुह परीक्षण गरेका छन्। 

प्रायजसो 'नेगेटिभ' रगत समुहको अभाव हुने भएकाले त्यसको पहिचानका लागि उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष अमर भाटले बताए। बिहिबार आयोजना भएको कार्यक्रमपश्चात 'एबी नेगेटिभ' भएका ३ जना, 'बी नेगेटिभ' र 'ओ नेगेटिभ' भएका एक/एक जनाको पहिचान भएको उनले जानकारी दिए। 

आगामी दिनमा पनि निःशुल्क रगत समुह पहिचान कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष भाटले बताए। 
 

कमेन्ट लोड गर्नुस