धनगढीमा कार्यरत थप ६ जना प्रहरीमा कोरोना पुष्टि
धनगढीः धनगढीमा कार्यरत थप ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले बताए।
उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत छन्। उनीहरुको दर्जा भने खुलाईएको छैन्।
यसअघि गत बीहिबार गणमा कार्यरत ३७ जनामा संक्रमण पुष्टि भएको थियो भने अघिल्लो बुधबार चार जनामा संक्रमण देखिएको थियो।
योसंगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या एक सय २१ पुगेको छ। उनीहरु मध्ये ३७ जना प्रहरीले कोरोना जितिसकेका छन् भने ८४ जना सक्रिय संक्रमित रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।