सेती प्रयोगशालामा अब २ हजारमै कोरोना परीक्षण हुने
२०७७ भदौ ३१, ०५:२२
धनगढी: सेती प्रादेशीक अस्पतालले स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क परिमार्जन गरको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अब २ हजारमै सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले कोरोना परीक्षण गर्ने भएको हो।
यसअघि सेती प्रादेशिक अस्पतालले स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि दुई हजार पाँच सय शुल्क निर्धारण गरेको थियो।
कमेन्ट लोड गर्नुस