धनगढीमा अटो रिक्साको ठक्करबाट एक जना घाईते
धनगढी– धनगढीमा अटो रिक्साको ठक्करबाट एक जना घाईते भएका छन्। धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत उप–महानगरपालिकाको सहिद गेट नजिक अटो रिक्साले ठक्कर दिदा पैदल यात्री घाईते भएका हुन्।
प्रहरीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीका ५२ बर्षीय कुनकुराम चौधरी घाईते भएका हुन्।
उनको अहिले माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने ठक्कर दिने अटो रिक्सा र चालक फरार छन्। घाईते चौधरी अपाङगता भएका व्यक्ति हुन्।