सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ

२०७७ भदौ ३१, ०७:४५ खबर संवाददाता

धनगढी– धनगढीस्थित दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन्। कैलालीको हसुलियाबाट सञ्चार गृहमा आक्रमणमा संलग्न चक्र रावललाई राति १ बजे पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

गत शुक्रवार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५–२० जनाको समूहले साङ्घातिक आक्रमण गरेको थियो। सह–सम्पादक जनक विष्टमाथि कुटपिट भएको थियो भने प्रबन्धक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात भएको थियो।

किटानी जाहेरीको आधारमा यसअघि मङ्गलवार धनगढीका सरोज थापालाई पक्राउ गरिएको थियो। आक्रमणमा संलग्न अन्यको खोजी भईरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस