सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीमा कोरोना भेटिएपछि गोदावरी नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

२०७७ भदौ ३०, ०५:१३ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि कार्यालयले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।

मंगलबार सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उनीमा कोरोना पुष्टि भएको हो। 

कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि नगरपालिकाले भोली(भदौ ३१ गते)देखि असोज ७ गतेसम्मका लागि स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन र दमकल सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको सूचनामार्फत जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस